विवाहको प्रलोभन दिइ करणीको आरोप

  • पुस १२, २०८१ | ५५० पटक पढिएको | सीमा संदेश
alt

विवाहको प्रलोभनमा पारी पटक–पटक करणी गरेको आरोप लगाएपछि घटना सार्वजनिक भएको छ ।

सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ८ की नाम परिवर्तन निशा कुमारीलाई स्थानीय २२ वर्षीय विकेश सिंहले विवाह गर्ने प्रलोभन दिइ पटक–पटक करणी गरेको पीडित कुमारीले आरोप लगाएकी छन् । गएको मंसिर ३ गतेका दिन तिमीसंग भेट्नु छ भनेर उखुबारीको एकान्तकुनामा बोलाएर आफूलाई कुटपिट गरी जवर्जस्ती करणी गरेको पीडितले आरोप लगाइन् ।

पीडित कुमारीको भनाइ अनुसार केटाले अहिले विवाह नगर्ने र साथै कसैसंग विवाह गरियो भने तलाई मारि दिने भनेर धम्की दिएपछि आफूले इलाका प्रहरी कार्यालय इश्वरपुरमा उजुरी दर्ता गरिदिन भनेर जाहेरी लिएर त्यहाँ पुगे । इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीले जाहिरी दर्ता गर्न मानेनन् । त्यसको अर्को दिन आउनु भनेर उनले फर्काइ दिए । त्यसपछि पुनः त्यहा पुग्दा प्रहरी निरीक्षक जोशीले इश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासंग भेट्नु वहाँले मिलाई दिनु हुनेछ भनेर वडामा पठाई दिए ।

वडामा जादा वडाअध्यक्ष थापाले केही पैसा लिएर चुप लागेर बस्नु भनेपछि आफू अन्यायमा परेको पिडित कुमारीले दुखेसो पोखिन् । यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पीडितको उजुरी दर्ता गरिएको जानकारी दिए । सो जाहेरी दर्ता गरेर मंगलबार नै पीडितलाई मेडिकलको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब