डाक्टर बनेर उपचार गर्न गएका युवकद्वारा बेहोस बनाएर लुटपाट

  • पुस १२, २०८१ | ६०१ पटक पढिएको | सीमा संदेश
alt

आफूलाई चिकित्सकको रूपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएका युवक पक्राउ परेका छन् । महोत्तरी जलेश्वर नगरपालिका– २ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका– १७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो। 

उनले सामाजिक सञ्जालमा डा. आलोक पाण्डेका नाममा आइडी बनाएका थिए । सामाजिक सञ्जालमार्फत नै विभिन्न व्यक्तिसँग चिनजान गरी सुगर रोगीको उपचार गर्छु भन्दै घरमा गएर औषधि खुवाई बेहोस बनाई लुटपाट गरेका हुन् । ललितपुरका एक व्यक्तिको घरमा उपचारका लागि भनेर पुगेका उनले बिरामीलाई औषधिमार्फत बेहोस बनाई सुन तथा चाँदीका गरगहनाहरू र नगद तीन लाख रुपैयाँसमेत चोरी गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए । घटनापछि फरार रहेका मण्डललाई प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका– ४ आरुखर्कबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नगद ५९ हजार ३६० रुपैयाँ र तीनवटा मोबाइल बरामद गरेको छ । 

उनले कतिपय व्यक्तिहरूलाई उपचारको नाममा यौन दुर्व्यवहारसमेत गरेको अनुसन्धानमा खुल्न आएको छ । चिकित्सक बनेर उनले उपचारका नाममा ठगीसमेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सामाजिक सञ्जालमार्फत चिनेकै भरमा विश्वास गर्दा यस्ता घटना हुन सक्ने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब