आज तिला संक्रान्ति पर्व मनाइँदै

  • माघ १, २०८१ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

मंगलबार तिला संक्रान्ति मनाइँदै छ ।

तिला संक्रान्तिको दिन एकाविहानै स्नान गरी घरका ज्येठ नागरिकसंग आशीर्वाद थाप्दै मुरही, तिल र चुरासहितको मिठा मिसाएर बनाइएका विभिन्न परिकारहरु खाने परम्परा रहेको छ । यस दिन खिचडी, घ्यू, पापर, दही, अचारसहितका विभिन्न खानेकुराका परिकारहरु खाएर तिला संक्रान्ति मनाइन्छ । तिला संक्रान्तिका दिनदेखि तिलको दाना आकारमै रात छोटो र दिन लामो हुँदै जाने धार्मिक मान्यता रहेको छ । माघ महिनाको आरम्भसंगै मनाइने यस पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति, तिला संक्रान्ति भनेर पनि सम्बोधन गरिन्छ ।

तराई–मधेशका मिथिलावासी, थारू समुदाय, बातर समुदायसहित अन्य समुदायमा संक्रान्तिलाई पर्व एवम् उत्सवको रुपमा मनाइने गरिएको मनोज माझीले जानकारी दिए । सो पर्वमा परिवारका ठूलाबडा र आमा– बाबुले सन्तान र आफू भन्दा सानालाई मिठा र तिल मिसाएर कम्तीमा तीन पटक खुवाउने गरिन्छ । सन्तानहरुबाट आमाबुवाले बुढेसकालसहित आजीवन सहारा भई सेवा गर्नुपर्ने बचनवद्धता व्यक्त गराउने गरी तिलको मिठा खुवाउने चलन रहेको स्थानीय ज्येष्ठ नागरिक शान्ति देवी यादवले जानकारी दिए ।

सो पर्वमा खिचडी, तिल, चुरा, मुरहीका लड्डुलगायतका परिकारहरु तयार पारी पूजापाठ गरी घरका देवीदेवतालाई चढाएर खाने र खुवाउने परम्परा रहेको छ । धार्मिक मान्यता अनुसार भगवान र भगवती दुबैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लडडु चढाइन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाउने चलन रहेको गृहिणी रामकुमारी देवीले बताए ।

तिला संक्रान्तिका दिन ठूलाबडाको आशीर्वाद ग्रहण गरी तिललाई खाएपछि सुयोग्य वर प्राप्तिको कामना गरी फल प्राप्ति हुन्छ । तिला संक्रान्तिमा आत्मीय प्रेम, सामाजिक सद् भाव, शारीरिक ऊर्जा, पोषण प्राप्तिसँगै पापबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब