बिहेमा गएका दुई समूहबिच झडप हुँदा एकजनाको मृत्यु

  • फागुन ९, २०८१ | ५९१ पटक पढिएको | सीमा संदेश
alt

बाजुराको बुढीगंगा नगरपालिका– ८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबिचको झडपमा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा– ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समूहबिच दोहोरो झडप भएको थियो। झडपमा परी थापा घाइते भएका थिए।

अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बोहराले जानकारी दिए। उनका अनुसार आरोपित तीनजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा बुढीगंगा– ७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब