धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

  • चैत ३, २०८१ | ५७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा माकरेन्ट लागेर एक युवककोमृत्यु भएको छ। जिल्लाको धनगढीमाई नगरपालिका १३, ढुंगाना टोलका २७ वर्षीय हेम खड्काको करेन्ट लागेर मृत्यु भएको हो।

खड्काको घर अगाडिबाट गएको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जनकारी दिए।

उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्दार हुनसकेन। नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकाटेका कारण उनलाई बचाउन नसकिएको स्थानिय बिनोद मण्डलले बताए।

मृतक हेम खड्का ट्यांकर चालक हुन्। केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद पछि उनी पाँचवर्षीय छोरीलाई लिएर बसेका थिए। उनको मृत्युले छोरीे बिचल्लिमा परेकिछिन्।

नेपाल विद्युत प्राधिकरण लाहान शाखाले ११ केभि भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग भएकोले चुडिएको स्थानीयको आरोप छ। यस अघि पनि पटक–पटक तार चुँडिएर साना दुर्घ टना हुँदै आएको छ। प्राधिकरणले त्यसलाई बेवास्ता गर्दैआएको उनीहरुको गुनासो छ।

श्व पोस्टमार्टमका लागि लाहान स्थीत प्रादेशिक अस्पतालमा राखिएको प्रहरीको भनाई छ। 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब