रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

  • जेठ २२, २०८२ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार यहाँ राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीहरूलाई सम्मान गरेको हो ।

अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसापत्रसहित सम्मान गरे ।

त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताएका थिए । यसको कार्यान्वयन र व्यावहारिक पक्षका लागि सबैको सहयोग आवश्यक रहने पनि वक्ताहरूको भनाइ थियो ।

 

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष नवराज विकले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूतलाई निस्तेज गर्नका लागि अन्तरजातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए ।

सम्मानितमध्ये अन्तरजातीय विवाह गर्ने रीता खड्काले पवित्र प्रेम र सम्बन्धका अगाडि सामाजिक बन्धन बाधक बन्न नहुने भन्दै आफूहरूले खुसीले नै त्यसलाई चुनौती दिएको बताइन् । उनले भनिन्, “विवाह संस्कृति, परम्पराअनुसार नै गरेका हौँ, हामी खुसी नै छौँ ।”

सम्मानित भएकी अनिता मगरले पनि परिवार र समाजका बन्धनबाट माथि उठेर विवाह गरेको तर माइती पक्षले अझै स्वीकार गर्न नसकेको भन्दै दुखमनाउ गरिन् । “अन्तरजातीय विवाहले हामी त खुसी छौँ तर मेरो माइतीसँगको सम्बन्ध भने टुट्यो । उहाँहरूले स्वीकार्नु भएको छैन, यही कार्यक्रममार्फत मेरो माइतीको सम्बन्धलाई पनि सुमधुर बनाई दिन मेरो आग्रह छ”, उनले भनिन् ।

अन्तरजातीय विवाह भएकी प्रतिभा बोहोराले भनिन्, “अन्तरजातीय विवाह गर्दैमा गल्ती गरेको सम्झनुहुन्न । समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठूलो कुरा त आफूखुसी हुनुपर्छ । अरुको खुसीका लागि आफ्ना खुसीहरूलाई कतिदिनसम्म दबाएर राख्ने १”

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब