२८ लाख धरौटी बुझाएर सोमबार राति नै रिहा भए दुर्गा प्रसाई

  • साउन २०, २०८२ | ६३२ पटक पढिएको | सीमा संदेश
alt

पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन्। सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको थियो।

उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो। अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो।

पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, दण्डपाणि रेग्मी, तारा राजावादी भनिने सरोज गौतमलाई धरौटी माग गरेको थियो।

काठमाडौं जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध प्रसाईले उच्च अदालतमा निवेदन दिएका थिए। त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलाशले पनि बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको थियो।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब