भागेर ‘प्रेमविवाह’ गरेको किशोरकिशोरीको विषयमा झडप, पाँचजना घाइते

  • भदौ ३, २०८२ | ८५० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको विष्णुपुर गाउँपालिका– ५, लक्ष्मीपुर गाउँमा उमेर नपुगी भागेर ‘प्रेमविवाह’ गरेको भनिएका किशोरकिशोरी पक्षबिच सोमबार दिउँसो दोहोरो झडप हुँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रेमविवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट बेली भनिने अविरन महतो, उनका छोराहरू जीवन र दिपन छन् । कुटपिटमा घाइते भएकाको सिराहा प्रादेशिक अस्पतालमा उपचार गरिएको भए पनि अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको स्थानीय दिलीप पासवानले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उमेर नपुगी प्रेमविवाह गरेका भनिएका दुवैजनालाई आ–आफ्ना अभिभावकले जिम्मा लिएर लैजाने गरी आइतबार प्रहरीमा सहमति भएको थियो ।

सहमतिबमोजिम केटा पक्षले धीरज महतोलाई बुझेर लगेको भए पनि सोमबार केटी पक्षबाट विवाह गरेकाले घर भित्र्याउनुपर्छ भन्दै महतोको घरमा पुगेपछि विवाद हुँदा झडप भएको हो ।

यस्तो थियो घटना 
स्थानीय कारी महतोका छोरा १९ वर्षीय धीरज महतोले गत २१ साउनमा स्थानीय १८ वर्षीया सदा किशोरीलाई लिएर भागेपछि दुवै पक्षबिच पटक–पटक छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहामा १ भदौ (आइतबार) भएको छलफलमा उमेर नपुगेको कारण दुवैजनालाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको विष्णुपुर– ५ का वडाध्यक्ष जैनाथ महतोले बताए ।

उनका अनुसार प्रहरीमा भएको छलफलको आधारमा दुवैको जन्मदर्ता झिकाएर हेर्दा किशोरीको १८ र केटाको १९ वर्ष रहेको पाइएपछि तत्काललाई दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको हो ।

किशोरीसहित उनका आफन्त केटाको घरमा पुगेर सोमबार दिउँसो जिम्मा लिनुपर्छ भन्दै माग गर्न थालेपछि विवाद बढेको उनले बताए । त्यही क्रममा दोहोरो झडप नै भएपछि किशोरी पक्षले सोमबार दिउँसो चोहर्वा–सिरहा सडकको लक्ष्मीपुरखण्ड केही घण्टा अवरुद्ध गरेपछि स्थिति थप भड्किन नदिन जिल्ला प्रहरी कार्यालय सिरहा, गोलबजार र मिर्चैयाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब