वडाध्यक्ष कुशवाहा पक्राउ

  • भदौ ३, २०८२ | ७२८ पटक पढिएको | सीमा संदेश
alt

बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरिएको छ ।

साउन २८ गते भएको शिक्षकमाथिको कुटपिट घटनासँग वडाध्यक्ष कुशवाहा सम्बन्धित रहेकाले उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीले दिएको जानकारी अनुसार वडा कार्यालयमै झैँझगडा र मदिरा सेवनपछि भएको कुटपिट घटनामा अध्यक्ष कुशवाहा करिब आठ जनाको समूहसहित संलग्न रहेको थियो ।

पीडित शिक्षक नागेश्वरकुमार यादवमाथि कुटपिट भएको घटनाको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए । घटनापछि कुशवाहा फरार रहेका थिए । सो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको सम्पूर्ण पृष्ठभूमि खोतल्ने काम जारी छ । कुनै पनि दोषी उम्कन नपाउने एसपी तामाङले बताए । सो घटनासँगै अध्यक्ष कुशवाहाको आपराधिक गतिविधिमा संलग्नता पुनः चर्चामा आएको छ ।

यसअघि पनि उनीमाथि कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा छुट्टाछुट्टै मुद्दामा बारा जिल्ला अदालतले सजाय सुनाइसकेको छ । अदालतले चेक अनादर मुद्दामा ३ हजार, कुटपिटमा २ हजार र आपराधिक लाभमा १ हजार जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । तर फैसला कार्यान्वयन अघि नै उनी फरार भएका थिए । लामो समयदेखि कानुनी कार्यवाहीबाट भागिरहेका कुशवाहा जेठ ११ गते एक पटक पक्राउ परेका थिए, तर त्यसपछि पुनः सक्रिय भएका छन् ।

स्थानीय वासिन्दाहरूले जनप्रतिनिधि नै कानुनको उल्लंघनमा संलग्न हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । बारा प्रहरीले सो घटनालाई गम्भीर रूपमा लिएर अगाडि बढाएको छ भने स्थानीय तहमा जनप्रतिनिधिहरूको आचरण र जिम्मेबारीप्रति पनि पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब