लहान, १३ भदौ। सशस्त्र प्रहरीले लहान नगरपालिका १९ छार्रापट्टी चोकबाट भन्सार छलीका सामानसहित एक भारतीय स्कारपियो नियन्त्रणमा लिएको छ।
बिहीबार राति ८ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्र गतिमा भागेको सशस्त्र प्रहरीले जनाएको छ।
पछ्याउँदै जाँदा सो गाडी लहान १९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको हो। चालक भने फरार छन्। गाडी जाँच गर्दा सात लाख चार हजार ८५० रुपैयाँ मूल्य बराबरका विभिन्न लत्ताकपडा फेला परेको छ।
स्कारपियोको मूल्य करिब १५ लाख रुपैयाँ अनुमान गरीएको छ। बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved