दाइजोको निहुँमा विवाहको दुई महिनामै दीपाले ज्यान गुमाइन्, पति र ससुरा पक्राउ

  • भदौ १६, २०८२ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

दुई महिनाअघि मात्र विवाह गरेकी सप्तरी महादेवा गाउँपालिका– १ सोनराकी २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भएपछि प्रहरीले श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । दाइजो नल्याएको भन्दै यातना दिएर हत्या गरेको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले उनका श्रीमान् २५ वर्षीय दीपककुमार यादव र ससुरा परशुरामलाई पक्राउ गरेको हो । डाक्नेश्वरी नगरपालिका– ४ भुतहीकी दीपाले दुई महिनाअघि मात्र दीपकसँग मागीविवाह गरेकी थिइन् ।

‘बिरामी परेको भनेर अस्पताल लगिएको रहेछ, तर अस्पताल पुर्‍याउनुअघि नै शनिबार दीपाको मृत्यु भइसकेको रहेछ । घटनाबारे प्रहरी र दीपाको माइती पक्षलाई जानकारी दिइएन,’ सप्तरी प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले भने, ‘घाँटीमा निलडाम पनि देखिएको छ । माइती पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि पति र ससुरालाई पक्राउ गरेका छौँ ।’ सप्तरी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘मेरी भतिजीको शरीरमा लागेको चोटपटक हेर्दा हत्या गरेको स्पष्ट देखिन्छ, घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरी दोषीलाई कारबाही हुनुपर्छ,’ दीपाका ठुलोबुवा भगवतीप्रसाद यादवले जाहेरीमा भनेका छन् । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

दाइजो नल्याएको भनेर यातना दिइएको माइती पक्षको आरोप 
दीपक करार सेवामा सबओभरसियर हुन् । दीपकले दाइजो नल्याएको भन्दै दीपालाई यातना दिने गरेको र त्यही कारण मृत्यु भएको आरोप माइती पक्षले लगाएको छ । दीपक र उनका बुवाले गालीगलौज गर्दै थप दाइजो ल्याउन तनाव दिँदै आएको दीपाकी भाउजू सुजिता यादवले बताइन् ।

पछिल्लोपटक दीपकले शुक्रबार आफूलाई फोन गरेर धम्क्याउँदै दीपालाई लग्न भनेको उनले बताइन् । ‘यो घरमा काम गर्दिनँ, सुतिरहेकी हुन्छ, म अर्को विवाह गर्छु, यसलाई लग, यसलाई अब राख्न सकिँदैन,’ दीपकको भनाइ उद्धृत गर्दै सुजिताले भनिन् । यति भन्दै दीपकले फोन काटेपछि पटक–पटक अबेर रातिसम्म फोन फर्काउँदा पनि कसैले फोन नउठाएको सुजिता बताउँछिन् । त्यसपछि शनिबार सुजिताले दीपकलाई भिडियो कल गर्दा फोन उठाएपछि दीपालाई खोज्दा कोठको झ्यालबाट सुतेको देखाउँदै झ्यापै फोन काटे । तर, त्यसपछि सुजिताले पटक–पटक फोन गर्दा पनि दीपकले फोन उठाएन् । 

त्यसपछि सोनराका लागि निस्किनै लाग्दा उनको छिमेक गाउँबाट आफन्तले गरेको फोनले दीपालाई अस्पताल ल्याएको कुरा जानकारीमा आएको उनले बताइन् । बिरामी परेको भन्दै पति दीपक र ससुरा परशुरामसहितकाले शनिबार दीपालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका थिए । तर, उनको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीपकुमार साहले बताए ।

दाइजोका लागि ससुरा र पतिले योजनाबद्ध ढंगले हत्या गरेको दीपाका ठुलोबुवा भगवतीप्रसाद यादवको आरोप छ । ‘गत ४ असारमा धुमधामका साथ विवाह हुँदा सकेजति दाइजो दिएकै हो । तर, विवाहपछि पनि थप माग्दै थियो, भाइ सञ्जीवले वैदेशिक रोजगारीमा कमाएर त्यसवेला २५ लाख रुपैयाँ खर्च गरेको हो, थप दहेज दिन सक्ने अवस्था थिएन,’ उनले भने, ‘दीपा बिरामी परेको भए हामीलाई जानकारी गराउँथ्यो, उल्टै पटक–पटक फोन गर्दा पनि उठाएन ।’ योजनाबद्ध हत्या रहेको बताउँदै उनले आफूहरूलाई न्याय चाहिएको बताए ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब