जनकपुर झडपमा ३० राउन्ड हवाई फायर, ३१ सेल अश्रुग्यास प्रहार

  • भदौ १६, २०८२ | ६५३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनकपुरमा दुई समुदाय र प्रहरीबीच भएको झडपमा प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रूपैठामा झण्डा हटाउने विषयमा आइतबार प्रहरी र हिन्दू समुदायबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड फायर गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

उनका अनुसार १४ डमी गोली, ११ राउन्ड गोली पेस्तोलबाट हवाई फायर गरिएको हो । ३१ सेल अश्रुग्यास प्रहार भएको उनले बताए ।

प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् । उनको दुवै घुँडामा गोली लागेको हो ।

यस्तै ढुंगामुढाबाट सातजना प्रहरी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

शनिबार पनि हिन्दू समुदायले गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने बेला झण्डा चोकमा झडप भएको थियो ।

प्रहरीका अनुसार झन्डाचोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएको दुईवटा हरियो झण्डा हटाउने विषयमा विवाद भएको थियो । त्यसले झडपको रुप लिएको थियो ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब