कुकुर आतंकबाट ७२६ जना घाइते

  • भदौ १८, २०८२ | ५११ पटक पढिएको | सीमा संदेश
alt

रौतहटमा पछिल्लो समय कुकुर आतंकबाट सयौँजना घाइते भएका छन् । जिल्लाको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको टोकाइबाट घाइते हुनेको संख्यामा वृद्धि हुँदै गएको छ ।

चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका तथ्यांकमा देखिए अनुसार गत वैशाखयता मात्रै ७२६ जना कुकुरको टोकाइबाट घाइते भएका छन्। अस्पताल प्रमुख डा. अभिनन्दन कुमार श्रीवास्तवका अनुसार वैशाखमा १४३, जेठमा १२२, असारमा १६६, साउनमा १६० र भदौको १५ गतेसम्म १३५ जना घाइते भएर अस्पताल आएका छन्।

घाइते सबै उमेर समूहका छन्। उनीहरूलाई रेबिजविरुद्धको खोप लगाइएको उनले बताए । चन्द्रनिगाहपुर– ४ का रामबाबु महतोले मन्दिरतर्फ जाँदै गर्दा कुकुरले आक्रमण गरी दुई पटक टोकेको बताए । चन्द्रनिगाहपुर–५ की सीतादेवी दासले बच्चा लिएर बाहिर निस्कनै कठिन भएको बताउँदै तत्काल नियन्त्रणको माग गरिन्।

स्थानीय समाजसेवी बसन्त आचार्यले पालिकाहरूले तत्काल टोली बनाएर नियन्त्रणका उपाय शुरु गर्नुपर्ने बताए । अहिले सहरदेखि गाउँसम्म छाडा कुकुरको संख्या ह्वात्तै बढेको छ । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका प्रमुख डा. श्रीवास्तवका अनुसार गर्मी मौसम, प्रजनन अवधि र मनसुन सक्रिय हुने बेला कुकुर बढी आक्रामक बन्ने भएकाले यस्तो अवस्था देखिएको छ ।

उनले गर्मीमा कुकुरहरू चिडचिडा हुने प्रवृत्ति देखिन्छ भने प्रजनन अवधिमा स्वभाविक रूपमा आक्रामक बन्ने सम्भावना बढी हुने गरेको बताए । उनले अनावश्यक रूपमा बाहिर नहिँड्न, अपरिचित कुकुरबाट टाढा रहन र विशेष सावधानी अपनाउन आग्रह समेत गरे ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब