सिरहामा सर्पदंशका एक बिरामीको उपचार नगरी रेफर भन्दै प्रदर्शन

  • भदौ १९, २०८२ | ६९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको जिल्ला सदरमुकाम सिरहास्थित प्रादेशिक अस्पतालमा सर्पदंशका एक बिरामीको उपचार नगरी रेफर गरिँदा मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

सिरहा विकास मञ्चको आयोजनामा बुधबार दिउँसो सदरमुकामको बजार क्षेत्र र अस्पताल परिसरमा भएको प्रदर्शनमा उनीहरुले सर्पदंशका बिरामीको उपचार नगरी रेफर गर्ने चिकित्सकलाई कारबाहीसहित अविलम्ब सर्पदंश उपचारको व्यवस्था, अस्पतालमा आइसियु र भेण्टिलेटरको व्यवस्था गर्न माग गरेका छन्।

मञ्चका संयोजक रामरिझन यादवले २१औँ शताब्दीमा पनि जिल्ला सदरमुकामजस्तो ठाउँमा सर्पदंशका बिरामीको उपचार सेवा नहुँदा गरिब, निमुखा किसानहरुको ज्यान गइरहेको भन्दै ड्युटीमा रहेका चिकित्सकलाई दण्डित गर्नुपर्ने बताए।

१४ भदौमा सिराहाको औरही गाउँपालिका– ३ खजनपुरका किसान राजेन्द्र यादवलाई सर्पले डसेपछि आफैं हिँडेर अस्पतालसम्म पुगेर उपचारका लागि आग्रह गर्दा गर्दै बेहोस भएको उनले बताए। ‘त्यस्तो अवस्थामा बिरामीको उपचार गर्नुभन्दा रेफर गरियो,’ उनले भने ‘समयमै उपचार नपाउँदा अनाहकमा ज्यान गुमाउनुपर्यो।’

प्रजिअलाई ज्ञापन
मञ्चले प्रादेशिक अस्पताल परिसर र बजार क्षेत्रमा प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई तीनसूत्रीय मागसहित ज्ञापनपत्र बुझाएको छ। ज्ञापन पत्रमा सर्पदंशका बिरामीको उपचार नगरी रेफर गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि कारबाही, प्रादेशकि अस्पतालमा सुविधा सम्पन्न सर्पदंश उपचार व्यवस्था, एक हप्ताभित्र आइसियु र भेण्टिलेटरको व्यवस्थाको माग गरिएको छ।

‘नागरिकको स्वास्थ्य उपचार पाउने अधिकारसँग सम्बन्धित मागहरु सम्बोधन नगरिए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं,’ ज्ञापन पत्रमा भनिएको छ। ज्ञापन पत्रको बोधार्थ नेपाल चिकित्सक संघको मधेश प्रदेश समितिलाई समेत दिइएको छ।

अस्पताल भन्छ–भेन्टिलेटर नहुँदा अन्यत्र रेफर
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाले भने भेण्टिलेटर नहुँदा अन्यत्र रेफर गरिएको बताएका छन्। उनका अनुसार १४ भदौको दिउँसो करिब पौने ४ बजेतिर आएका सर्पदंशका बिरामीलाई तत्काल भर्ना गरी १० भाइल एन्टिस्नेक भेनम चढाइएको थियो।

बिरामीको अवस्था भेण्टिलेटरमा राखेर थप उपचार गर्नुपर्ने देखिएपछि करिब एक घण्टापछि रेफर गरिएको उनले बताए। ‘प्रादेशिक अस्पतालमा उपचार त गर्यौँ, तर हाम्रोमा भेन्टिलेटर नहुँदा अवस्था जटिल हुन सक्ने देखिएपछि रेफर गरिएको हो,’ उनले भने, ‘करेत, गोमनजस्ता कडा विष भएका सर्पदंशका बिरामीलाई भेण्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुन्छ।’

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब