स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

  • भदौ २०, २०८२ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २० भदौ । सिरहाकाे गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

ट्रिनिटी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय मदन साहका छोरा आदर्श कुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ कक्षामा अध्ययनरत थिए। ग १ ख ३७८८ नम्बरको बस विद्यालयबाट घर फर्कने क्रममा आदर्शलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

उनका अनुसार बस चालक गोलबजार नगरपालिका–३ का विमल भुजेल घटना पछि फरार भएका छन्। प्रहरीका अनुसार उनी फरार रहेकाले खोजी भइरहेको छ। घटनापछि मृत बालकको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल लहान पठाइएको बताइएको छ। बस भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले स्कुलका संस्थापक प्रिन्सिपल दिलिप बुढाथोकीलाई नियन्त्रणमा लिई अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब