सभामुखका ज्वाइँबाट वर्षदिनदेखि पीडित हुँदा पनि प्रहरी मौन

  • भदौ २२, २०८२ | ३९६ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको मिथिला बिहारी नगरपालिका–३ का चर्चित मैथिली गायक रोशन मण्डलल विगत डेढ वर्षदेखि आफ्नै आफन्तजनबाट पीडित बनेका छन् भने उनको परिवार निकै त्रासदी जीवन व्यतित गर्न बाध्य छन् ।

प्रदेश सांसद रामचन्द्र मण्डलबाट सभामुख बनेदेखि नै उनका ज्वाइँ रमेश मण्डलले नातामा दाजु पर्ने रोशन र उनकी श्रीमतीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएका छन् भने घरमै कुटपिटसमेत गर्ने गरेका छन् । पीडित रोशनले आफ्नो भोगाइँ र समस्याबारे पालिका र प्रहरीप्रशासनमा भने पनि अहिलेसम्म उनले न्याय नपाउँदा त्रासदीपूर्ण जीवन व्यति तगर्न बाध्य छन् ।

सभामुख रामचन्द्रका सचिवालयसमेत रहेका ज्वाइँ रमेशले ससुराको शक्ति र पहुँचको दुरुपयोग गर्दै रोशन, उनको आमा र उनकी श्रीमती मिलनदेवीलाई केही दिन अघि घरमा कोही नभएको बेला निर्घातरुपमा कुटपिट गरे । उनीहरुलाई कुटपिट गर्न दर्जनभन्दा युवाहरुको एक समूह नै परिचालन गरेका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका बेला पनि अस्पतालमै पुगेर प्रहरीको अगाडि नै धाकधम्की दिइ रमेशले गाउँ नै छाड्न चेतावनी दिएको पीडित रोशनले आरोप लगाए । सो घटनाबारे स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय धनुषासम्म जानकारी गराउँदै न्याय माग्दासमेत उनले न्याय पाउनुको साटो उल्टै पीडक रमेश र सभामुख रामचन्द्रबाट डर छाड्न धम्की नै पाएको पीडित मिलनदेवीले भनिन् ।

केही महिना अघि रोशनले जनकपुधराममा नै पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनबाट न्याय नपाएको भन्दै सञ्चारमाध्यमसंग न्यायका लागि गुहार लगाएका थिए । गायक रमेशका अनुसार रमेश मण्डल, उनका पिता सियाशरण मण्डल र केही नातेदारहरूले लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिँदै आएका छन् । मिलन देवीले पनि आफूमाथि भएको दुव्र्यवहारबारे खुलस्त गरिन् । उनले भनिन्, “हाम्रो घरको दैलोमा फोहर, मल, पिसाब, बियरको बोतल र स्यानिटरी प्याड फालिन्छ,” उनले भनिन्, “यसबारेका भिडियो प्रमाण हामीसँग छन्, तर प्रहरी किन अझै मौन छ

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब