गोलबजारमा अपहरणपछि १७ वर्षीय किशोरको हत्या

  • असोज ७, २०८२ | ४१९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान (मंगलबार) शव फेला परेको छ। आइतबार राति घर नजिकैबाट अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरबाट एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ।

हातखुट्टा बाँधेर शरीरमा एसिड खन्याई हत्या गरिएको शव आँपको रुखमुनि फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले बताए। घटनास्थल मृतकको घर नजिकै रहेको उनले बताए।  

आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन्। सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।  

अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिए पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए। समयमै सम्पूण जानकारी प्रहरी दिँदा समेत छोरालाई सकुशल उद्धार गर्न नसकेको प्रहरीप्रति महतो परिवारको आक्रोश छ। प्रहरीको निष्क्रियताका कारण अभिषेकले ज्यान गुमाउनु परेको पीडित परिवारको गुनासो छ।  

यता, प्रहरीले भने घटना अपहरण हो भन्ने पुष्टि गर्नमै समय बिताएको स्थानीयको गुनासो छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले भने, ‘घटनाबारे शूक्ष्म अनुसन्धान हुँदैछ। संलग्न पत्ता लगाई कानुनी दायरामा ल्याइन्छ।’

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब