किशोरी जिस्क्याउने विवादले गोली चल्यो, तीनजना पक्राउ !

  • असोज ११, २०८२ | ४८२ पटक पढिएको | सीमा संदेश
alt

पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वामा बिहीबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा १६ वर्षीय गोलु आलम घाइते भएका छन् । पर्सा प्रहरीले जनाए अनुसार गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहले गोली चलाउँदा भिस्वाकै गोलु आलमको बायाँ तिघ्रामा गोली लागेको हो। उनलाई तत्कालै नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले दिएको जानकारी अनुसार, घटना लगत्तै तीन किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । उनले भने, “नियन्त्रणमा लिइएकाहरू सबै टिनएजर्स हुन्। उनीहरूको गाउँमा चालचलन र आचरण राम्रो नभएको बताइएको छ।” घाइते आलमले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार, उनी साँझ घर फर्कँदै गर्दा बाटोमा केही युवाबीच विवाद भइरहेको थियो । त्यही बेला अचानक गोली चलेको र आफू घाइते भएको उनले बताएका छन्। उनले गोली कसले चलाएको देख्न नपाएको बताए ।

घटनाको पृष्ठभूमिमा स्थानीयबीचको पुरानो विवाद रहेको बताइएको छ। भिस्वा बजारबाट झलमहियातर्फ फर्किने किशोरी तथा युवतीहरूलाई जिस्क्याउने र छेडखानी गर्ने विषयमा दुई गाउँका युवाबीच पछिल्लो समय तनाव बढेको थियो। बिहीबार बेलुकी सोही विवाद चरममा पुगेर गोली हानिएको स्थानीयले बताए । प्र्सा प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ । गोली कसले चलायो र त्यसको उद्देश्य के थियो भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब