झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु

  • कार्तिक १६, २०८२ | ५३० पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उहाँहरुको हप्तादिनको फरकमा मृत्यु भएको हो ।

स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ । गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन् ।

स्थानीयका अनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढिमा झाडापखालाको लक्षण देखिएको छ ।

जसमा बुचनकी ५ वर्षीया छोरी राधिका, शिवशंकर सदाकी१० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू तीन वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदालगायतमा झाडापखालाको लक्षण देखिएको छ ।

घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म सक्रिय नदेखिएको स्थानीयको गुनासो छ । ‘‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’’ स्थानीय शिवशंकर सदाले बताउनुभयो ।

उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ । ‘‘स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधी र उपचारका लागि खटाइएको छ, रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ,’’ उहाँले बताउनुभयो ।

स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब