बिदामा आएका सहायक हवल्दारले लिए वडाध्यक्षको ज्यान

  • कार्तिक २९, २०८२ | ३६९ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा बिदामा घर आएका प्रहरीका एकजना सहायक हवल्दारले शुक्रबार वडाध्यक्षलाई गोली हानी हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा सहायक प्रहरी हवल्दार शम्भु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको पक्की प्रहरीचौकीमा कार्यरत उनी घरबिदामा मिथिला बिहारी आएका थिए ।

प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका– ९ अन्दुपट्टीमा मृत्यु संस्कारको भोजमा सहभागी भएका वेला भएको विवादमा शम्भुले कटुवा पेस्तोल निकालेर वडाध्यक्ष यादवको छातीमा गोली हानेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम कुँवरले बताए । 

उनका अनुसार प्रहरी हवल्दारसमेत रहेका स्थानीय शम्भु चार–पाँचजनाको समूह लिएर अन्दुपट्टी पुगेका थिए । वडाध्यक्ष यादवलाई जोगाउन खोज्दा चारजना घाइतेसमेत भएको कुँवरले बताए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित हुन् । उनीहरूबिच जमिनको पुरानो विवाद रहेको बताइएको छ । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब