१०१५ किलोभन्दा गाँजासहित दुईजना पक्राउ

  • मंसिर ८, २०८२ | २१७ पटक पढिएको | सीमा संदेश
alt

लहान– १ स्थित पूर्वपश्चिम लोकमार्ग खण्डको जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैबाट प्रहरीले एक हजार किलो बढी प्रतिबन्धित गाँजा बोकेको ट्रकसहित दुईजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शनिबार राती करिब साढे ९ बजेतिर ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकबाट एक हजार १५ किलो तीन सय ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार गाँजा र ट्रकसहित चालक संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका– ९ छिपीधारा बस्ने करिब २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा छथर जोरपाटी गाउँपालिका– २ का करिब २२ वर्षीय खेम राना मगर पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा प्रहरीले पूर्वतर्फ जाँदै गरेको ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने क्याविनको पछाडि फल्स बटम बनाएर ३१ वटा सेतो प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा बरामद भएको उनले बताए। ट्रकबाट गाँजा बरामद भएपछि उनीहरुलाई तत्काल प्रक्राउ गरी लहान प्रहरीमा राखेर थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब