विवाह पञ्चमीमा ६३ चोर पाकेटमार पक्राउ

  • मंसिर ११, २०८२ | २८२ पटक पढिएको | सीमा संदेश
alt

सीताराम विवाहपञ्चमी मेलाको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले ६३ जना चोर पाकेटमारलाई पक्राउ गरेको छ ।

श्रद्धालुहरूको साथबाट चोरी र पाकेटमारीको घटनामा संलग्न रहेको आरोपमा ३७ भारतीय र २६ नेपाली नागरिक प्रहरीले पक्राउ गरेका छन् । जनकपुरधामको विभिन्न स्थानबाट ५० पुरुष र १३ महिला सहित ६३ जना चोर पाकेटमारलाई नियन्त्रणमा लिइएको धनुषाका डिएसपी गणेश भट्टले जानकारी दिएका छन् । उनीहरूमाथि चोरी, पाकेटमारी र लुटपाटका घटनामा संलग्न रहेको आरोप छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद १ लाख २७ हजार ८४ रूपैयाँ, १५ थान मोबाइल फोन, १२ थान मंगलसुत्र र अन्य सुन जस्तो गरगहना, तथा तीन थान चाँदीको अंगुठी बरामद गरेको छ । धनुषाका प्रहरी प्रमुख रुगम बहादुर कुँवरले मेलामा भीडभाडको फाइदा उठाएर यस्ता आपराधिक क्रियाकलाप गर्न सक्छन कुराको दृष्टिगत गर्दै सादा तथा पोशाकमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

खासगरी तीर्थयात्रीहरु विश्राम गर्ने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा ती चोर पाकेटमारहरु पक्राउ परेको बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब