प्रधानमन्त्रीले माफी माग्नुपछ !

  • मंसिर १३, २०८२ | ३०२ पटक पढिएको | सीमा संदेश
alt

मुस्लिम समुदायबारे प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि ‘मुस्लिम महिलालाई जिउँदै गाडिन्छ’ भन्ने दिएको अभिव्यक्ति बारे मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् ।

शुक्रवार उनले एक पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री जस्ता गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अव्हेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने बताए । प्रधानमन्त्री कार्कीले इस्लामिक कानून विपरित दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अव्हेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनलाई माफी माग्नुपर्ने उस्मानले भने ।

प्रधानमन्त्री जस्ता व्यक्तिले तथ्यहीन, अपमानजनक र सामाजिक सद्भाव विपरीत होच्याउने खालको अभिव्यक्ति दिनु गलत रहेकाले तत्काल सार्वजनिक माफी माग्नुपर्छ नभए मुस्लिम समुदाय संघर्षमा जाने चेतावनी समेत उनले दिए । संचारकर्मीहरुको जिज्ञासामा उस्मानले भने प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति मुस्लिम महिलालाई जलाउने र गाड्ने लगायतका इस्लामिक कानून आउनु अघिको थियो । तर इस्लामिक कानून आएपछि त्यो अवस्था परिवर्तन भइसकेको छ । जहाँसम्म शिक्षाको कुरा अहिले सबै देशले स्वतन्त्रता दिइसकेको छ । यसमा तथ्यहिन अभिव्यक्ति दिनु गलत हो ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब