झन्डै आधा करोडको दाइजो अस्वीकार गरेर एक रुपैयाँमा विवाह !

  • मंसिर १४, २०८२ | ३७३ पटक पढिएको | सीमा संदेश
alt

मंसिर महिना चलिरहँदा बिहेको सिजन जारी छ। दाइजोका कारण धेरै स्थानमा दुर्व्यवहारका घटनाहरू हुने गर्छन्। तर कहिलेकाहीँ यसको विपरीत उदाहरण पनि देखिन्छन्।

भारतको उत्तर प्रदेशको मुजफ्फरनगर नजिकै पर्ने नागवा गाउँका अवधेश राणाले झन्डै आधा करोड नेपाली रुपैयाँ बराबरको दाइजो लिन अस्वीकार गरेर उदाहरण प्रस्तुत गरेका छन्।

नोभेम्बर २२ मा भएको उनको विवाहमा दुलही पक्षले तिलक समारोहमा थालमा सजाएर ३१ लाख भारतीय रुपैयाँ (झन्डै ५० लाख नेपाली रुपैयाँ) दाइजोको रूपमा प्रस्ताव गरेका थिए। तर अवधेश राणा र उनका परिवारले यो रकम अस्वीकार गर्‍यो। उनले हात जोडेर एक रुपैयाँ मात्र लिए।

अवधेशका बुबा हरवीर सिंहले विवाहको कुरा चल्दादेखि नै दाइजो नलिने कुरा स्पष्ट गरेका थिए। अवधेशले भने, ‘दाइजो प्रथा धेरै खराब छ। यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ।’ उनले युवाहरूलाई दाइजोबिना विवाह गर्न अपिल गरेका छन्। उनका अनुसार दाइजोका कारण अभिभावकहरूले ऋण लिनुपर्छ र जग्गा बेच्नुपर्ने अवस्था आउँछ।

अवधेशको परिवारसँग लगभग दुई सय बिघा कृषियोग्य जमिन छ। उनले दिल्लीको एआईईईई कलेजबाट एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङको अध्ययन गरेका छन्। अहिले उनी आफ्ना दाइसँग मिलेर पतञ्जलिका उत्पादनको वितरणको काम गरिरहेका छन्।

दाइजो अस्वीकार गर्ने निर्णयबारे उनले भने, ‘यो मेरो एक्लैको निर्णय होइन, सम्पूर्ण परिवारको सामूहिक निर्णय हो। जब विवाहलाई अन्तिम रूप दिइँदै थियो, मेरा बुबाले यो एक रुपैयाँको सम्झौता हो भनेर स्पष्ट पार्नुभयो।’

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब