सेनाको अभ्यासमै हराएको बम विस्फोट, ४ बालक घाइते

  • माघ २५, २०८२ | १८१ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधौली खोला क्षेत्रमा भएको विस्फोटमा नेपाली सेनाको अभ्यासका क्रममा हराएको बम नै विस्फोट हुँदा ४ जना बालक घाइते भएका छन् ।

प्रहरी निरीक्षक प्रमोद साहको कमाण्डमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि उक्त बम सेनाको अभ्यासका क्रममा हराएको बम रहेको प्रारम्भिक निष्कर्ष निकालिएको उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले जनाए अनुसार दुधौली खोला क्षेत्रमा करिब एक महिना अघि नेपाली सेनाको फाइरिङ अभ्यास सम्पन्न भइसकेको थियो । उक्त अभ्यास सकिएपछि एक बम हराएको आशंकामा सेनाको १५ सदस्यीय टोली लामो समयसम्म घटनास्थल वरपरमा खोजतलास गर्न जुटेका थिए । तर उक्त बम समयमै फेला नपरेकै अवस्थामा शनिबार विस्फोट भएको प्रारम्भिक पुष्टि भएको जनाइएको छ ।

सो बम विस्फोटपछिको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना श्रीबरख गणबाट सहायक सेनानीको कमाण्डमा बम स्क्वाड टोली घटनास्थलमा खटाइएको छ । सुरक्षाका सबै मापदण्ड अपनाउँदै विस्फोटको प्रकृति, अवशेष र स्रोत पहिचान गर्ने काम भइरहेको प्रहरीको उच्च अधिकारीले जनाए । जिल्ला प्रहरी कार्यालय सप्तरीले बम विस्फोट घटनालाई अत्यन्त संवेदनशील मान्दै सबै कोणबाट गहन अनुसन्धान भइरहेको जनाएको छ ।

विस्फोटमा प्रयोग भएको वस्तुको आधिकारिक पुष्टि, जिम्मेवारी निर्धारण र सम्भावित लापरबाहीबारे समेत छानबिन अगाडि बढाइएको बताइएको छ । शनिबार सामुदायिक वननजिकै दुधैला खोलामा वनभोज खान पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासंगै जम्मा गरेर राखेका थिए ।

चुल्होनजिक राखिएको उक्त खेलौना अचानक विस्फोट भएको थियो । विस्फोटको छर्रा लागेर स्थानीय साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका थिए । घाइतेलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि रेफर गरेर छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो । घाइतेमध्ये साहस र प्रशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको छ ।

नेपाली सेना बरख गण राजविराजका प्रमुख सेनानी सोबितबहादुर चन्दले घटना भएको स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ती विषयमा सेनाले पनि अनुसन्धान गरिरहेको बताए । हाल चारै जना खतरामुक्त रहेको जनाइएको छ । तर घटनाले सैन्य अभ्यास क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीय र सुरक्षा निकायबीच आशंका उब्जिएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब