सारस्वरमा भुक्तानीको विषयमा झडप, ६ जना घाइते

  • चैत ८, २०८२ | १६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा मोटरसाइकल मर्मत गरेको रकमको भुक्तानीको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ ।

सिरहा नगरपालिका–१२ स्थित सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उक्त झडपमा ६ जना घाइते भएका छन् ।

स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि घटनाले ठूलो रुप लिएको सिरहा प्रहरीले जनाएको छ । उक्त घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा टोली खटिएर अवस्था नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

उक्त कुटपिटमा परी सलमान पक्षका ४ जना घाइते भएका छन् भने हासिम पक्षका दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए । सलमानपक्षका घाइते हुनेमा अन्दाजी ४० वर्षीया भुटनी खातुनको टाउको र दाहिने हातमा मध्यम चोट लागेको छ । त्यस्तै ३५ वर्षीय रहमद दफालीको टाउको र दाहिने हातमा चोट लागेको छ ।

त्यसैगरि ५८ वर्षीय इरफान मियाँको टाउको, दाहिने हात र गर्दनमा मध्यम चोट लागेको छ भने २६ वर्षीय लालबाबु मियाँको टाउको र दाहिने हातमा चोट लागेको सिरहा प्रहरीले जनाएको छ । त्यस्तै हासिम पक्षका घाइते हुनेमा १९ वर्षीय अरमान हुसेनको टाउकोमा मध्यम चोट लागेको छ भने आरिफ दफालीको बायाँ हातमा चोट लागेको रहेको डीएसपी रमेशबहादुरले बताए ।

घाइतेमध्ये भुटी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइते सबैलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । यता प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब