चैत्र २६ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

  • चैत २६, २०८२ | २३६ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र २६ गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–सप्तमी, ३१ घडी ४८ पला, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मूल, २ घडी १ पला, बिहान ६ बजेर ३७ मिनेट उप्रान्त पूर्वाषाढा । योग–परिध, २५ घडी २७ पला, दिउसो ३ बजेर ५९ मिनेट उप्रान्त शिव । करण–बव, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी ३१  पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
  • बिहान ५ बजेर ४९ मिनेटदेखि बिहान ७ बजेर २३ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर २४ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर ३२ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ३३ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म लाभ बेला ।
  • दिउसो १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म अमृत बेला ।
  • दिउसो १ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर १६ मिनेटसम्म काल बेला ।
  • दिउसो ३ बजेर १७ मिनेटदेखि बेलुकी ४ बजेर ५० मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ५१ मिनेटदेखि बेलुकी ७ बजेर ५० मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १ बजेर  ४१ मिनेटदेखि दिउसो ३ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहुर्त

बिहान ४ बजेर १२ मिनेटदेखि बिहान ४ बजेर ० मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट लाभ लिन सकिनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनेतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।  खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको योग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन स्थानमा  गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुनेछ । अरूलाई दिएको बचन पुरा गर्न नसक्दा व्यर्थै दुःख पाइनेछ । नयाँ काम गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । धन तथा सम्पत्ति अरूले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ ।  प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चढाव आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । अध्ययनमा सफलता हात पार्नको लागी प्रशस्त समय खर्चनु पर्नेछ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पैतृक धन तथा सम्पत्ति को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब