मानमहन्त जगन्नाथ फेरि पक्राउ : आवश्यक प्रमाण संकलन, बयान तथा वित्तीय अभिलेख परीक्षण हुने

  • चैत २६, २०८२ | १६३ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णव बैंकिंग कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार धनुषाका दीपेन्द्र ठाकुरले दिएको जाहेरीका आधारमा वैष्णवलाई पक्राउ गरिएको छ ।

मधेश प्रदेशसभाका सदस्य ठाकुरले मानमहन्त वैष्णवविरुद्ध जाहेरी दिएका थिए । उनीमाथि करिब १ करोड ३० लाख रुपैयाँ बराबरको बैंकिंग कसुर गरेको आरोप लागेको महोत्तरी प्रहरीले जनाएको छ । आरोपित मान महन्त वैष्णवलाई प्रहरी टोलीले मटिहानी नगरपालिका–७ मा रहेको उनकै निवासबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन आरोपित मान महन्त वैष्णवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । प्रारम्भिक अनुसन्धानबाट मानमहन्त वैष्णवले विभिन्न व्यक्तिहरूसंग आर्थिक लेनदेन गर्दा नियमविपरीत कार्य गरेको आशंका गरिएको छ । मानमहन्त वैष्णवविरुद्ध वित्तीय कारोबारमा अनियमितता, विश्वासघात तथा बैंकिङ प्रणालीको दुरुपयोगसम्बन्धी विषयमा धनुषामा अनुसन्धान हुने भएको छ ।

मुद्दाको प्रकृति गम्भीर रहेकाले आवश्यक प्रमाण संकलन, बयान तथा वित्तीय अभिलेख परीक्षणको काम अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ । यसअघि पनि मान महन्त वैष्णव आर्थिक अनियमितता आरोपमा पक्राउ परेर सजाय भोगिसकेका छन् । रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ कीर्ते गरी झिकेको आरोप छ । मान महन्त वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको छ ।

त्यस्तै, रुपन्देहीमा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका विभिन्न निकायमा उजुरी परेको छ । रुपन्देही, धनुषा, सिरहा, पर्सालगायत विभिन्न जिल्लामा रहेका मठ–मन्दिरका जग्गा बिक्री गरेको उनीमाथि आरोप लागेको छ । जनकपुरधाम क्षेत्रमा रहेको रामजानकी मन्दिरको करिब पाँच बिघा जग्गा बिक्री गरेको विषय पनि अनुसन्धानको दायरामा आएको छ । यसअघि पर्साको वीरगञ्ज क्षेत्रमा रहेको करिब सात बिघा जग्गा बिक्री गर्ने प्रयास गुठी संस्थानले रोकेको थियो ।

विगतमा जनकपुरधामस्थित जानकी हेल्थकेयर एण्ड टिचिंग होस्पिटल प्रालिलाई अवैधानिक ढंगले जग्गा उपलब्ध उनले गराएका थिए । यसबाहेक विभिन्न व्यक्तिहरूसंग आर्थिक कारोबार गर्दै मठ मन्दिरका अधिकांश जग्गा तथा चलअचल सम्पत्ति अवैधढंगले बेचबिखन गरेको मानमहन्त वैष्णवमाथि आरोप छ । मानमहन्त वैष्णव विगतदेखि नै विवादित छन् । उनी यसअघि किर्ते हस्ताक्षरको आरोपमा पक्राउ परेका थिए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट रकम झिकेको पनि आरोप लागेको थियो । उनले रुपन्देहीका सहायक सिडिओको किर्ते हस्ताक्षर गरी रोक्का गरिएको खाताबाट रकम निकालेको थियो । सो आरोप पुष्टि भएपछि उनी अढाई वर्षसम्म भैरहवास्थित कारागारमा कारावास भोगिसकेका छन् ।

मानमहन्त वैष्णव २०५४ सालमा लक्ष्मीनारायण मठका महन्त नियुक्त भएका थिए । गुठी संस्थानले वैष्णवको नाममा दर्ता भएका मठ–मन्दिरका जग्गाहरू पुनः मन्दिरकै नाममा ल्याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि विभिन्न जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरी जग्गा बिक्री रोक्का गर्न निर्देशन दिइएको छ ।

यसका साथै रुपन्देही लगायतका क्षेत्रमा रहेका करिब १८ बिघा जमिन मन्दिरकै नाममा कायम गर्ने प्रक्रिया शुरु गरिएको छ । मान महन्त वैष्णवको यस खाले घटनाले धार्मिक संस्थामा रहेका पदाधिकारीहरूको आर्थिक पारदर्शीता र जवाफदेहिताबारे प्रश्न उठाएको छ । यता प्रहरी हिरासतमा रहेका मानमहन्तमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

आवश्यक प्रमाण संकलन, बयान तथा वित्तीय अभिलेख परीक्षणको काम अघि बढाइने धनुषा प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा थप पीडित, आर्थिक अनियमितता तथा संलग्न व्यक्तिहरू खुल्ने सम्भावना रहेको छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब