बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गरिएको विरोधमा स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।
नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सिरहा–बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन चर्किएको हो ।
स्थानीय सर्वसाधारण तथा व्यापारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका हुन् । आन्दोलनमा बजार व्यवस्थापन समिति, मधेश प्रदेश सभा सदस्य संजय कुमार यादव, सुखीपुर उद्योग व्यापार समितिसहित स्थानीयले हुलाकी मार्ग अवरुद्ध पारेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved