वैशाख २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

  • वैशाख २९, २०८३ | १६१ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल वैशाख २९ गते । मंगलबार । इस्वी सन् २०२६ मे १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–दशमी, १२ घडी १३ पला, बिहान १० बजेर १२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–पूर्वाभाद्रपदा, ४० घडी १२ पला, बेलुकी ९ बजेर २४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–वैधृती, ३६ घडी ३१ पला, बेलुकी ७ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण–भद्रा, बिहान १० बजेर १२ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ, दिउँसो ३ बजेर २५ मिनेट उप्रान्त मीन । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी ३० पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर १९ मिनेटसम्म रोग बेला ।
  • बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ७ बजेर १ मिनेटदेखि बिहान ८ बजेर ४० मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर ४१ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर २२ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो ३ बजेर २३ मिनेटदेखि बेलुकी ५ बजेर २ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ५ बजेर ३ मिनेटदेखि बेलुकी ८ बजेर २ मिनेटसम्म काल बेला ।

नोट : शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो ३ बजेर २१ मिनेटदेखि बेलुकी ५ बजेर २ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४३ मिनेटदेखि बिहान ४ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । साँझपख लामो दुरीको यात्राको तय हुनेछ । स्वास्थ्य समस्या हुनेहरूले ध्यान दिनुहोला ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । अध्ययनमा नतिजा हात हार्न मेहनत गर्नु पर्नेछ । साँझपख धर्म तथा अध्यात्म क्षेत्रमा चासो बढ्नेछ । लामो दुरीको यात्राको तय हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । शेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार तथा शेयर बजारमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । साँझपख सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न सकिने हुनाले आफन्तहरू खुसी हुनेछन् । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । साँझपख प्रेममा मनमुटाब सिर्जना हुन सक्छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ । अध्ययन उत्कृष्ट नतिजा हात पार्न सकिने हुनाले मन प्रसन्न हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब