जेठ १७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • जेठ १७, २०८३ | १२७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ १७ गते । आइतबार । इस्वी सन् २०२६ मे ३१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–पूर्णिमा, २० घडी ३४ पला, दिउसो १ बजेर २४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अनुराधा, २६ घडी ४१ पला, दिउसो ३ बजेर ५१ मिनेट उप्रान्त ज्येष्ठा । योग–शिव, १ घडी १० पला, बिहान ५ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण–बव, दिउसो १ बजेर २४ मिनेट उप्रान्त बालव, रातको २ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १६ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ११ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म काल बेला ।
  • दिउसो १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर ४६ मिनेटदेखि दिउसो ३ बजेर २७ मिनेटसम्म रोग बेला ।
  • दिउसो ३ बजेर २८ मिनेटदेखि बेलुकी ५ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर ११ मिनेटदेखि बेलुकी ८ बजेर १० मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ६ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा परीक्षामा सफल हुने ग्रहयोग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । विवादित  निर्णयको फैसला तपाईँकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको इमानदारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्तापूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अलि बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । अध्ययनमा सुधार  हुने तथा सकारात्मक नतिजा ल्याउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनाे भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा उद्योगमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तर पनि गैर न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछ ।  

तपाईँको दिन शुभ रहोस् ।

कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदी ...

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब