असार ७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • असार ७, २०८३ | २६० पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असार ७ गते । आइतबार । इस्वी सन् २०२६ जुन २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ८ बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वफाल्गुनी, दिउँसो २ बजेर ४६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–सिद्धि, बेलुकी ४ बजेर ४७ मिनेट उप्रान्त व्यातिपात । करण–गर, बिहान ८ बजेर ३५ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह, बेलुकी ८ बजेर ४६ मिनेट उप्रान्त कन्या । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३६ पला।

आजको बार बेला ।

  • बिहान ५ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २३ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ५० मिनेटदेखि दिउँसो ३ बजेर ३३ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १७ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकला

बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ३२ मिनेटसम्म राहुकला रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ ।  काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । घुमघाम, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रूपमा पछि परिनेछ । प्रतिस्पर्धामा बढी नै तयारी गरेर सामेल हुनुहोला अरूभन्दा कमजोर साबित हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा भेटघाटको अवसर जुर्नेछ । छोटो दुरीको रमाइलो यात्रा हुनेछ । वनभोज तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बोलीको माध्यमबाट राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्राको तय हुनेछ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धि मूलककामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शङ्का तथा अविश्वास गरे पनि अन्ततः विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । विवाह तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब